काँग्रेस पदाधिकारी बैठक बालुवाटारमा जारी
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली काँग्रेस पदाधिकारी तथा पुर्व पदाधिकारीहरुको बैठक सुरु भएको छ।
बैठकमा प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिमलेन्द्र निधि, बिजय कुमार गच्छदार, महामन्त्री डा. शशांक कोइराला, पुर्ण बहादुर खड्का, सह-महामन्त्री डा. प्रकाश शरण महत, सुनिल बहादुर थापा, कोषाध्यक्ष सीता देवी यादव, पुर्व कोषाध्यक्ष चित्र लेखा यादव, पुर्व महामन्त्री कृष्ण प्रसाद सिटौला, प्रकाशमान सिंह, केन्द्रिय सदस्य रमेश लेखक, डा. नारायण खड्का, मिनेद्र रिजाल, गृहमन्त्री तथा प्रमुख सचेतक बालकृष्ण खांड, प्रवक्ता बिश्वप्रकाश शर्मा,नेपाली काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेल लगायतको सहभागी रहेको छ ।
बैठकमा महाधिवेशन, मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल हुने बताइएको छ । त्यस्तै, क्रियाशील सदस्यता छानविन समितिले गरिरहेको काम र तयार पारेको प्रतिवेनमाथि बैठकमा छलफलको एजेण्डा छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment