मतदाता नामावली सङ्कलन पुनः सूचारू हुने

डिसी नेपाल
१ साउन २०७८ १५:५४
396
Shares

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य पुनः सूचारू गर्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते प्रतिनिधिसभा विघटन गरी कर्तिक २६ गते पहिलो चरण तथा मंसिर ३ गते दोस्रो चरणमा निर्वाचन गर्ने गरी निर्वाचनको मिति तोकेपछि जेठ ८ गतेपछि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक सम्बन्धी कार्य स्थगन भएको थियो ।

सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधि सभा पुनःस्थापना गर्ने परमादेश दिएसँगै पूर्व घोषित मितिमा निर्वाचन नहुने भएकोले साउन ३ गतेदेखि निर्वाचन कार्यालयहरूबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यलाई सूचारू गरिने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.