अचानक सरुवा गरियो विशेष अदालतका चार न्यायाधीशकाे

डिसी नेपाल
२ साउन २०७८ ९:३१
840
Shares

काठमाडौं। विशेष अदालतका चार न्यायाधीशको अचनाक सरुवा भएको छ। विशेष अदालतका चार न्यायाधीशको काज सरुवा गरिएको हो।  ललिता निवास जग्गा प्रकरणमा पक्राउ पुर्जी जारी भइ विगत डेढ वर्षदेखि फरार रहेका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारलाई धरौटीमा रिहा गरेलगत्तै विशेष अदालतका अध्यक्षसहित ४ न्यायाधीशको अचानक सरुवा गरिएको  हाे।

स्राेतका अनुसार चारै जनाकाे न्यायाधीशकाे सरूवा प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणाले गरेका हुन्।

बुधबार मात्रै गच्छदारको मुद्दामा सुनुवाइपछि आदेश दिएका अध्यक्ष आफैं सरुवा भएका छन्। बुधबार अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की,  न्यायाधीश अब्दुल अजिज मुसलमान र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले गच्छदारलाई धरौटीमा छाड्ने आदेश दिएको थियो।

त्यसको पर्सिपल्ट नै अध्यक्ष अध्यक्ष प्रेमराज कार्कीलाई इलाम सरुवा गरिएको छ । यस्तै न्यायाधीश बालेन्द्र रुपाखेतीलाई पाटन अदालतमा, न्यायाधीश शान्ति सिंह थापालाई राजविराज अदालतमा, न्यायाधीश चन्द्रबहादुर सारुलाई सुर्खेत अदालतमा सरुवा गरिएको छ ।

विशेष अदालतमा अध्यक्षसहित ६ जना मात्र न्यायाधीश हुन्छन् । यीमध्ये अध्यक्षसहित ४ जना न्यायाधीशको एकैपटक सरुवा भएपछि अब विशेषमा दुई न्यायाधीशहरु अब्दुल अजिज मुलसमान र नित्यानन्द पाण्डेय छन्। यी दुवै गच्छदारको मुद्दामा सुनुवाइ गर्ने न्यायाधीश हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.