एमाले विवाद : विघटित कार्यदलका नेता अनौपचारिक छलफलमा

डिसी नेपाल
२ साउन २०७८ १०:५२
340
Shares

काठमाडौ। पार्टीभित्रको विवाद समाधानका लागि नेकपा एमालेको दोस्रो तहका नेताहरु अनौपचारिक छलफलमा जुटेका छन्। शनिबार बिहान विघटित कार्यदलका सदस्यहरु अनौपचारिक छलफलमा जुटेका हुन्।

विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदन ग्रहण गर्दै त्यसलाई कार्यान्वयन गर्ने प्रतिवद्धतासहित शुक्रबार बसेको स्थायी कमिटी बैठकले कार्यदल भंग गरेको थियो।

कार्यदल भंग भएपनि नेताहरु अनौपचारिक छलफलमा जुटेका हुन्। शुक्रबार बसेको एमाले स्थायी कमिटी र संसदीय दलको बैठकले देउवा सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको थियो।

विहान ९ बजेदेखि सुरु भएको छलफलमा ओली पक्षबाट सुवासचन्द्र नेम्वाङ, प्रदिप ज्ञवाली, विष्णु पौडेल, शंकर पोखरेल र पृथ्वीसुब्बा गरुङ रहेका छन् भने माधव नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भीम आचार्य, गोकर्ण बिष्ट र रघु जी पन्त रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *