सीमामा सबैले बस्नुपर्छ, धेरे माथि नउडौं : मिनेन्द्र
काठमाडौं। एमालेले संसदमा सर्वोच्च अदालतको आलोचना गरेपछि काँग्रेसले त्यसको जवाफ फर्काएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले राखेको विश्वासको मतको प्रस्तावमा छलफल गर्दै एमालेका तर्फबाट सम्बोधन गरेका सांसद प्रदीप ज्ञवालीले सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेशकोमा आक्रोश पोख्दै सर्वोच्चले प्रणाली नै भत्किएको बताएका थिए।
त्यसपछि सम्बोधन गरेका काँग्रेस सांसद मिनेन्द्र रिजालले प्रतिपक्षलाई धेरै उड्ने प्रयास नगर्न भन्दै सीमामा बस्न सचेत गराएका छन्। उनले धेरीमाथि पनि नउड्न र धेरै तल पनि न भासिन आग्रह गरे।
उनले सर्वोच्चले संसद पुनःस्थापित गरेर संविधान र लोकतन्त्रको रक्षा गरेको भन्दै त्यसको स्वागत गरिनुपर्ने बताए। उनले संविधानको धारा ७६ को उपधारा ५ विशिष्ट व्यवस्था भएको भन्दै यो अवस्थामा ओलीले नै पुर्याएको बताए।
उनले काँग्रेस सत्ता सबैलाई मिलाएर चलाउने भन्दै सत्ता कसरी चलाउनुपर्छ भन्ने काँग्रेस उदाहरणीय बन्ने बताए।







डिसी नेपाल








Facebook Comment