महन्थप्रति इंगित गर्दै बाबुरामले भने : अभागीलाई खानेबेला रिस उठ्छ

डिसी नेपाल
३ साउन २०७८ २०:४७
2.8k
Shares

काठमाडौं। प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले राखेको विश्वासको मतको प्रस्तवमाथि छलफल हुँदा जनता समाजवादी पाटीं (जसपा)का नेताहरुबीच घोचपेच भएको छ। मुख्यगरी जसपाको उपेन्द्र समूहमा रहेका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफ्नै पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरमाथि घोचपेच गरे।

उनले अभागीलाई खानेबेला रिस उठ्छ भन्दै ठाकुरलाई कटाक्ष गरेका थिए। उनले यदि आफ्नो पार्टी पहिला नै एक ढिक्का भइदिएको भए अहिलेको अवस्था नै नआउने र पहिला नै देशलाई निकास दिन सकिने बताए।

जसपाको महन्थ ठाकुर पक्षले ओलीको समर्थनमा राष्ट्रपति समक्ष पेश गरिएको दावीका लागि पत्र लेखेको थियो। र पछि ओली सरकारमा सहभागी भएको थियो। जसले गर्दा राष्ट्रपतिलाई देउवाले सरकार बनाउन पेश गरेको दावी खारेज गर्ने बाहाना मिलेको थियो।

प्रतिनिधिसभा डा. भट्टराई अघि सम्बोधन गर्दै ठाकुरले आफूहरुले पनि देउवालाई समर्थन गर्ने घोषणा गरेका थिए। त्यसपछि बोलेका भट्टराईले ठाकुर समूहले पनि देउवालाई समर्थन गर्ने घोषणा गरेकोमा खुशी व्यक्त गरे। उनले भने, ‘देर से आए दुरुस्त आए।’

सम्बोधनका क्रममा डा भट्टराईले उत्पीडितका मुद्दालाई सत्ताको भर्याङ बनाउन नहुनेसमेत बताए। उनले ठाकुर समूहले उत्पीडितका मुद्दालाई भर्याङ बनाएको टिप्पणी गरे। उनले आफ्नो पक्षमा जसपाका २० सांसद रहेको र २० जनाले नै समर्थन गर्ने जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.