भारतीय प्रधानमन्त्री मोदीले दिए प्रधानमन्त्री देउवालाई बधाई

डिसी नेपाल
३ साउन २०७८ २२:५६
328
Shares

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन्। आइतबार राति देउवा प्रतिनिधिसभाबाट विश्वासको मत लिन सफल भएपछि मोदीले बधाई दिएका हुन्।

मोदीले ट्वीट गर्दै देउवाको कार्यकाल सफलताको शुभकामनासमेत दिएका छन्। उनले देउवासँग मिलेर आफूले काम गर्न चाहेकोसमेत बताएका छन्। उनले देउवाको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने र जनता जनताबीच सम्बन्ध स्थापित हुने विश्वास व्यक्त गरेका छन्।

देउवा गत असार २९ गते प्रधानमन्त्री नियुक्त भए पनि मोदीले बधाइ दिन ढिला गरेका थिए। तर, आइतबार देउवाले विश्वासको मत पाएको केही मिनेटमै बधाई दिएका हुन्। यसअघि काठमाडौंस्थित भारतीय राजदूत विनय मोहन क्वाक्राले देउवालाई भेटेरे शुभकामना दिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *