जुवा खेलिरहेका पाँच जना जुवाडे पक्राउ
सांकेतिक तस्वीर
काठमाडौं। काठमाडौको बौद्धमा जुवा खेलिरहेका पाँच जना जुवाडे पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त बौद्धले उनीहरुलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो।
काठमाडौं महानरगपालिका–६ तिनचुली बिगमार्ट नजिक वीरेन्द्र लामाको घरमा जुवा खेलिरहेको अवस्थामा ललितपुर गोदावरी घर भएका तारा थापा लगायत पाँचजना रहेको बौद्ध प्रहरीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले ३९ हजार रुपैया समेत बरामद गरेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment