कर्णवीरको “तिमी नै तिमी” सार्वजनिक (भिडियो)

डिसी नेपाल
५ साउन २०७८ २१:०७
172
Shares

काठमाडौं । चर्चित गायक यम बराल र गायिका मेलिना राईको कर्ण प्रिय आवाजले सजिएको र गीतकार कर्णवीरको सुन्दर शब्दले भरिएको “तिमी नै तिमी” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

लामो समय देखि अमेरिकामा बस्दै आएका गीतकार कर्णवीर आफैमा एक कुशल गाएक पनि हुन्। गीतकार कर्णवीरले एक दर्जन भन्दा बडी नेपाली गीतहरुमा आवाज दिईसकेका छन् भने म्युजिक भिडियोमा पनि मोडलको रुपमा त्यतिनै देखिएका छन्।

विष्णु सिलवालको निर्माणमा बनेको उक्त गीतमा शिखर सन्तोषको संगीत रहेको छ भने फनिन्द्र राईको संगीतसंयोजन रहेको छ। यूट्युबको “नौलो डिजीटल” च्यानल मार्फत सार्वजनिक गरिएको उक्त म्युजिक भिडियोमा गीतकार कर्णवीर र अर्पना पोख्रेलको जीवन्त अभिनय रहेको छ। उक्त भिडियोलाई रन्धिर श्रेष्ठले निर्देशन तथा छायांकन गरेको हुन् भने राजेन्द्र बिसीको नृत्य निर्देशन रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *