शोकमा गाउँपालिका बन्द

डिसी नेपाल
१० साउन २०७८ ७:२०
640
Shares

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाको गाउँसभा सदस्यको निधनमा आज एक दिन गाउँपालिकाको सम्पूर्ण सेवा बन्द गरिएको छ। गाउँसभा सदस्य ६२ वर्षीया विष्णुमाया विकको यही साउन ८ गते उपचारका क्रममा मृत्यु भएको भन्दै शोकमा आज गाउँपालिका बन्द गरिएको हो।

गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले शोक वक्तव्य जारी गर्दै विकको सम्मानमा आज गाउँपालिका बन्द हुने बताए। वक्तव्यमा भनिएको छ, “दिवङ्गत विष्णुमायाको सम्मानमा २०७८ साउन १० गते एक दिन गाउँपालिकाको कार्यालय (मातहतका स्वास्थ्य संस्थाबाहेकका कार्यालय), सङ्घसंस्था तथा गाउँपालिकाभित्रको सबै सार्वजनिक निकायमा शोक बिदा दिँदै नियमित सेवा सञ्चालन नहुने व्यहोरा जानकारी गराउँदछौँ।”

मृतक विक वडाको विकास, वडावासीको समृद्धिका साथै समग्र गाउँपालिकाको वृहत्तर हितमा अहोरात्र क्रियाशील, सरल र सहयोगी व्यक्ति भएको भन्दै अध्यक्ष पाण्डेले विकासप्रेमी अभिभावकको निधनले सिङ्गो गाउँपालिकालाई अपुरणीय क्षति पुगेको बताए। विकको निधनले आफूहरु निकै मर्माहत र स्तब्ध भएको पाण्डेले बताए।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *