संघीयता खारेज र धर्मबारे जनमतसंग्रह मिश्रको व्यक्तिगत धारणा मात्रः संयोजक पाण्डे

डिसी नेपाल
११ साउन २०७८ १७:२९
492
Shares

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने प्रस्ताव गरेका छन्।

मिश्रको यो प्रस्तावले विवेकशील साझा पार्टीमा असन्तुष्टि देखिएको छ । पार्टीका संयोजक मिलन पाण्डेले यो मिश्रको व्यक्तिगत धारणा मात्र भएको प्रतिक्रिया दिएका छन् । उनले डिसी नेपालसँग भने, ‘उहाँको धारणा नितान्त व्यक्तिगत धारणा हो, यसको पार्टीसँग कुनै नाता छैन, एजेण्डा बन्दैन ।’

मिश्रले सोमबार पार्टी भित्र छलफलका लागि आफ्नो एक विशेष प्रस्ताव सार्वजनिक गरेका हुन् । संघीयताले देशमा भ्रष्टाचार बढेको र राष्ट्रिय अखण्डताका लागि घातक भएको उनको विश्लेषण छ। उनले स्थानीय निकायलाई पुनर्संरचना र सदृढ गर्नुपर्नेसमेत प्रस्ताव गरेका छन्।

यस्तै अर्को महत्वपूर्ण विषय धर्मनिरपेक्षताबारे जनमतसंग्रह गर्नुपर्ने प्रस्ताव गरेका छन्। उनले नेपालमा धर्मनिरपेक्षता जबरजस्ती लादिएकोसमेत टिप्पणी गरेका छन्। उनले धर्म निरपेक्षता कहाँबाट प्रवेश गर्यो भन्दै प्रश्नसमेत उठाएका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *