गृहमन्त्री खाँणसँग अमेरिकी राजदूतको भेटवार्ता
काठमाडौं। अमेरिकी राजदूत र्याण्डी बेरीले सोमबार गृहमन्त्री बालकृष्ण खाँणसँग शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित गृह मन्त्रालयमा सो भेटवार्ता भएको हो। सो भेटका अवसरमा गृहमन्त्री खाँणले नयाँ सरकारको प्राथमिकता जनतालाई महामारीबाट बचाउन खोप अभियान रहेको बताए।

उनले लोकतन्त्रको सुदृढीकरण सरकारको अर्को प्राथमिकता भएको बताए। सो अवसरमा मन्त्री खाँणले अमेरिकाले गरेको सहयोगका लागि प्रशंसा गर्दै धन्यावादसमेत दिए।

राजदूत बेरीले नेपाल–अमेरिका दुई देशको सम्बन्ध सुदृढ रहनेमा आफू बिश्वस्त रहेको भन्दै देउवा सरकारलाई सफल कार्यकालको शुभकामना दिए। उनले नेपाललाई थप खोप आवश्यक रहेको भन्दै नेपाललाई प्राथाकितामा राखेर सहयोग गर्नेसमेत बताए।


No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment