सबै प्रदेशमा एक हजार अक्सिजन सिलिन्डर भरेर राख्न मन्त्रालयको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रदेशमा कम्तीमा एक हजार अक्सिजनका सिलिण्डर भरेर तयारी राख्न निर्देशन दिएको छ ।
मन्त्रालयले एक विज्ञप्ति जारी गरी विगतका दिनहरुमा जस्तै कोरोना संक्रमणको दर तीब्र रुपमा बढ्न गई अर्को लहर आउन सक्ने सम्भावना रहेको भन्दै उक्त सम्भावित चुनौतीको सामना गर्नका लागि प्रदेश आपूर्ति केन्द्रहरुलाई अक्सिजन सिलिण्डर भरेर राख्न निर्देशन दिएको हो ।
सिलिण्डरहरु खाली नराख्न र अक्सिजन पीएसए प्लान्ट, अक्सिजन ट्यांक तथा अक्सिजन कन्सन्ट्रेसनहरु चालु र चुस्त अवस्थामा राख्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment