लाइसेन्स नवीकरण शुल्क छुट गर्ने निर्णय कार्यन्वयन नभएकोमा निटोगको आपत्ति

डिसी नेपाल
१३ साउन २०७८ १६:१४

काठमाडौं। नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ (निटोग) ले पर्यटन गाईडहरुको नवीकरण वापत लाग्ने शुल्क मिनाहा गर्न सरकारलाई माग गरेको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै निटोगले सरकारले बजेटमा शुल्क नलीने व्यवस्था गरे पनि कार्यन्वयन भने नभएको भन्दै आपत्ति जनाएको छ।

सन २०२० को सुरु देखि नै विश्व पर्यटन लगातार ठप्प रहेको उल्लेख गर्दै निटोगले त्यसको असरले ८० प्रतिशत भन्दा बढी पर्यटन श्रमिक बेरोजगार भएको जनाएको छ।

यस्तो विषम परिस्थितिमा ट्रेकिङ गाइड, टुर गाइड, ¥याफ्टिङ तथा क्यानोनिङ्ग गाइड, नेचर गाइड लगाएतका पर्यटन क्षेत्रमा कार्यरत श्रमिकहरुको जनजीविका अस्तव्यस्त रहेको पनि संघले जनाएको छ।

यस्तै निगोटले चितवन राष्ट्रिय निकुञ्जले त्यस क्षेत्रमा कार्यरत नेचर गाइडहरुको कार्य अनुमती पत्र (लाइसेन्स) तुरुन्त नवीकरण गर्न वा नवीकरण नगरे प्रवेश शुल्क तिर्न भन्ने आशयको सूचना जारी गरेको प्रति आपत्ति जनाएको छ।

बजेटमा नवीकरण छुटको व्यवस्था गरिय पनि कार्यन्यवन हुन नसकेकोमा सरकारको ध्यानआर्कषण गराएको छ। यस्तो विषम परिस्थितिमा आम पर्यटन श्रमिकहरुको कार्य अनुमती पत्र (लाइसेन्स) नवीकरण बापत लाग्ने शुल्क छुट गरी सहुलियत प्रदान गर्न निटोगले माग गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *