धितोपत्र बोर्डलाई अर्थले सोध्यो स्पष्टीकरण
काठमाडौं।अर्थ मन्त्रालयले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले छोरीको नाममा किनेको भनिएको सेयरको विषयमा तीन दिनभित्र स्पष्टीकरण दिन पत्र पठाएको छ।
मन्त्रालयले बिहीबार सत्य तथ्य विवरण ३ दिन भित्र मन्त्रालयमा पठाउन धितोपत्र बोर्डको नाममा निर्देशन जारी गरेको हो।
बोर्ड अध्यक्ष ढुङ्गानाले आईपीओ जारी गर्ने तयारी गरेको सर्वोत्तम सिमेन्ट कम्पनीको १० हजार कित्ता भन्दा बढी शेयर छोरीको नाममा किनेको समाचार बाहिरिएको थियो।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment