पूँजी बजार सुधारका लागि कानुनी उपाय पेस गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको निर्देशन

डिसी नेपाल
२२ भदौ २०८३ १९:३५

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको पूँजी बजारको विकास तथा दीर्घकालीन सुधारका लागि आवश्यक कानुनी उपायहरू पेस गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन्।

सोमबार अर्थ मन्त्रालयमा आयोजित उच्चस्तरीय छलफलका क्रममा उनले नेपाल राष्ट्र बैंक र सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) का उच्च अधिकारीहरूलाई यस्तो निर्देशन दिएका हुन्।

उक्त बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा पौडेलको उपस्थिति रहेको थियो।

छलफलमा पूँजी बजारमा देखिएका समस्या समाधान र यसको नीतिगत सुधारका विविध आयामबारे कुराकानी भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *