एनआरएनए इटालीको अध्यक्षमा छविलाल कँडेल निर्विरोध
काठमाडाैं। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) इटालीको अध्यक्षमा छविलाल कँडेल निर्विरोध निर्वाचित भएका छन्। जुलाई २५ मा सम्पन्न परिषद्को सातौं अधिबेशनले कंडेलेको नेतृत्वमा २०२१–०२३ का लागि नयाँ कार्यसमितिको चयन गरेको हो।
नयाँ कार्यसमितिको उपाध्यक्षमा भुवन नियोग लिम्बु, महासचिवमा भवेश कुमार सिंह, सचिवमा अशोक उप्रेती, कोषाध्यक्षमा दीर्घामाया मगर, महिला संयोजकमा बिना मगराती, युवा संयोजकमा श्याम खरेल र सदस्यमा सिरज कार्कि छन्।त्यस्तै परिषद्ले संघको आइसीसी सदस्यका लागि राजन चापागाईँलाई चयन गरेको छ।
निर्बाचन संयोजक मनोजकुमार कार्कीका अनुसार उम्मेदवारी नामावाली दर्ता गर्ने समयअवधिसम्म पदहरुमा दोहोरो उम्मेदवारी नपरेकाले सबै उम्मेदवारहरु निर्विरोध भएको बताइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment