हप्तौंसम्म पर्समा साढे ४ अर्ब रुपैयाँ बोकेर हिँडिरहेकी थिइन् महिला, थाहा पाउँदा रिंगटा लाग्यो

डिसी नेपाल
१४ साउन २०७८ १७:१६

काठमाडौं। एक महिलाले कैयौं हस्तासम्म आफ्नो पर्समा साढे ४ अर्ब रुपैयाँ बोकेर हिँडिरहिन् । ती महिलालाई आफ्नो पर्समा यति धेरै पैसा भएको थाहा पनि थिएन । जब ती महिलाले यसबारे थाहा पायन् त्यसपछि उनलाई रिंगटा लाग्यो । महिलाले अहिले पनि आफूलाई यसबारे सोच्दा रिंगटा लाग्ने गरेको बताएकी छिन् ।

स्काइ न्यूजका अनुसार ती महिलाले केही समयअघि लट्रीको टिकट किनेकी थिइन् । लट्रीको विजेताको घोषणा भइसकेको थियो र यी महिला नै विजेता थिइन् । तर, ती महिलालाई यसबारे केही थाहा थिएन । विजेता टिकट उनको पर्समा थियो र ती महिलाले कैयौं हप्तासम्म त्यो टिकट पर्समा बोकेर हिँडिरहिन् । उनलाई त्यो टिकटमा ठूलो धनराशी परेको थाहा थिएन ।

समाचार अनुसार ती महिलालाई ३३ मिलियन युरोको लट्री परेको थियो । यो रकम नेपाली रुपैयाँमा ४ अर्ब ६५ करोड रुपैयाँ हुन्छ । ४५ वर्षकी यी महिला जर्मनीमा जून ९ मा भएको ड्रकी एकमात्र विजेता भएको लोट्टो बायर्नले जनाएको छ । तर, यी महिलाले त्यो टिकटलाई पर्समा राखेर कैयौं समयसम्म असावधानीपूर्वक घुमिरहेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *