ललितपुर महानगरले ४५ वर्ष माथिका नागरिकलाई खाेप लगाउँदै
फाइल फाेटाे।
काठमाडौं । ललितपुर महानगरपालिकाले शुक्रबार (आज)देखि भेरोसेल खोप लगाउने भएको छ। महानगरले ४५ वर्षदेखि माथि उमेर भएका नागरिकलाई खोप लगाउन लागेको हो।
महानगरपालिका भित्र बसोबास गर्ने ४५ वर्षमाथिका सबै नागरिकका लागि आजबाट सुरुभएको खोप कार्यक्रम आइतबारसम्म चल्ने महानगरले जनाएको छ। महानगरपालिका भित्रका २९ वटै वडामा कार्यक्रम सञ्चालन हुनेछ।
महानगरपालिकाले जारी गरेको सूचनामा खोप लगाउनका लागि आफ्नो वडामा सम्पर्क गर्न अनुरोध गरिएको छ। महानगरपालिकाका अनुसार भेरोसेलको खोप कार्यक्रम आइतबार सकिएपछि सोमबारबाट जोन्सन एण्ड जोन्सनको खोप लगाइने छ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment