पूर्व माओवादी नेताहरुको रिटमाथिको सुनुवाइ न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा
काठमाडौं। सांसद पदमा पुनर्बहालीको मागदाबीसहित ४ जना पूर्व माओवादी नेताहरुले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथिको सुनुवाइ न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको छ ।
बिहीबार न्यायाधीश दीपककुमार कार्कीको इजलासमा पेसी तोकिए पनि सुनुवाइका लागि हेर्न नभ्याइने सूचीमा परेपछि आज पुनः सुनुवाइ तोकिएको हो। चार पूर्व–माओवादी नेताले आफूहरू नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त घोषणापत्रका आधारमा दुवै दलका मतदाताको मतले विजयी भएको भन्दै आफूहरूले जनताको प्रतिनिधित्व गर्न पाउने अधिकार कुण्ठित गर्न नपाउने भन्दै रिट दायर गरेका थिए।
कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित लेखराज भट्ट, अर्घाखाँची २ बाट निर्वाचित टोपबहादुर रायमाझी, रौतहट ३ बाट निर्वाचित प्रभु साह र कैलाली ३ बाट निर्वाचित गौरीशंकर चौधरीलाई माओवादी केन्द्रले चैत २४ गते पदमुक्त गरेको थियो।
आफूहरु एमालेमा प्रवेश नगरेको अवस्थामा पार्टीले कारवाही गरेको भन्दै उनीहरुले बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment