चार पूर्व माओवादी नेताको सुनुवाइ स्थगित
काठमाडौं। सांसद पदमा पुनर्बहालीको मागदाबीसहित चार जना पूर्व माओवादी नेताहरुले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथिको सुनुवाइ स्थगित भएको छ।
न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा पेशी तोकिए पनि निवेदक पक्षका कानुन व्यावसायीले नै स्थगित गर्न निवेदन दिएपछि सुनुवाइ नभएको हो।
बिहीबार न्यायाधीश दीपककुमार कार्कीको इजलासमा पेसी तोकिए पनि सुनुवाइका लागि हेर्न नभ्याइने सूचीमा परेपछि आज पुनः सुनुवाइ तोकिएको थियो। चार पूर्व–माओवादी नेताले आफूहरू नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त घोषणापत्रका आधारमा दुवै दलका मतदाताको मतले विजयी भएको भन्दै आफूहरूले जनताको प्रतिनिधित्व गर्न पाउने अधिकार कुण्ठित गर्न नपाउने बताउँदै सर्वाेच्चमा रिट दायर गरेका थिए।
कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित लेखराज भट्ट, अर्घाखाँची २ बाट निर्वाचित टोपबहादुर रायमाझी, रौतहट ३ बाट निर्वाचित प्रभु साह र कैलाली ३ बाट निर्वाचित गौरीशंकर चौधरीलाई माओवादी केन्द्रले चैत २४ गते पदमुक्त गरेको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment