विश्व नेपाली साहित्य प्रतिष्ठान प्रदेश २ गठन

डिसी नेपाल
१६ साउन २०७८ १०:४७
92
Shares

काठमाडौं । विश्व नेपाली साहित्य प्रतिष्ठान नेपालको प्रदेश २ समिति गठन भएकोछ। प्रतिष्ठानको प्रदेश २ समितिको शुक्रबार आयोजित प्रथम भर्चुअल भेलाले सर्लाहीका स्रष्टा सुमन घिमिरेको अध्यक्षतामा ११ सदस्यीय विश्व नेपाली साहित्य प्रतिष्ठान प्रदेश २ गठन गरेको हो।

समितिको उपाध्यक्ष चिरन्जिवी सापकोटा (पर्सा), सचिव कुमार दाहाल (सर्लाही), सह–सचिव रेणु गुप्ता (रौतहट) र कोषाध्यक्षमा अनिताराज खतिवडा (बारा) रहेका छन्। समितिका सदस्यहरुमा लिलाराज दाहाल (सर्लाही), सपना मिश्रा (महोत्तरी), निर्मल बराल (सर्लाही), राकेश कुमार झा (धनुषा), विप्लव कार्की (सर्लाही), समिक्षा सुवेदी (बारा) चयन भएका छन्।

त्यस्तै सल्लाहकारमा वरिष्ठ साहित्यकार मणिराज सिंह रहेका छन भने प्रदेश २ संयोजकमा केन्द्रीय सदस्य दीक्षा सुवेदी रहेकी छिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *