नवविवाहित जोडीको फोटोसुटमा ब्याकग्राउण्डमा इन्द्रेणी पार्न हवाइजहाजबाट पानी खन्याइयो

डिसी नेपाल
१६ साउन २०७८ १३:३२

काठमाडौं। विवाहपछिको फोटोसुट हरेक नवविवाहित जोडीका लागि महत्वपूर्ण हुन्छ । तर, एक जोडीले यो फोटोसुटका लागि सबै हद पार गरेका छन् । उनीहरुलाई आफ्नो फोटोको पृष्ठभूमिमा इन्द्रेणी चाहिएको थियो । यसका लागि उनीहरुले हवाइजहाजबाट ९०० लिटर पानी खन्याएका छन् । द सनका अनुसार ब्राजिलमा भएको यो घटनामा फोटोसुटको लागि सबै सेटकप फोटोग्राफर वेलिटन बारबोसाले मिलाएका थिए ।

यो फोटोसुट बेहुली प्रिसिला र बेहुला एलिसनको थियो । फोटोसुटको भिडियो सार्वजनिक भएको छ । फोटोसुटका क्रममा आफूहरुमाथि पानी खन्याइएपछि आफ्नो पछाडि इन्द्रेणी देखिँदा यो जोडी खुसीले चिच्याएको सुनिन्छ । वेलिटनले भने ‘हरेक काम केही नयाँ र विशेष गर्नको लागि एउटा अवसर हुन्छ ।’ उनले आफूले सामान्य रुपमा हुने भन्दा केही फरक गर्न चाहेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *