मेडिकल काउन्सिलको स्वीकृति नलिएका चारजना चिकित्सक पक्राउ
काठमाडौं। मेडिकल काउन्सिलको उजुरीमा प्रहरीले शनिबार साँझ चावहिलबाट चार चिकित्सकलाई पक्राउ गरेको छ। काउन्सिलको स्वीकृति नै नलिइ अभ्यास गरेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चाबहिलबाट चार जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा चाबहिलको ओमकार डेन्टल होम प्रालिका सञ्चालक ४६ वर्षीय राधाकृष्ण तामाङ, सञ्चालक तथा चिकित्सक ४० वर्षीय डा रावेद रन्जनकुमार ठाकुर, ३१ वर्षीय डा सौरभ कुमार र कर्मचारी २७ वर्षीय सन्जु साह रहेको सीआईबीका डीआईजी धीरजप्रताप सिंहले पुष्टि गरेका छन्। उनले अहिले साँझ पक्राउ परेकाले विस्तृत अनुसन्धान हुन बाँकी रहेको बताए।
यसअघि पनि प्रहरीले नक्कली प्रमाणपत्र पेश गरी अस्पतालमा कार्यरत चिकित्सकलाई पक्राउ गरेको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment