कोरोनाको खोप लगाएको प्रमाण पत्र निःशुल्क उपलब्ध गराउन मन्त्रालयको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध लगाएको खोपको प्रमाण पत्र निःशुल्क रुपमा उपलब्ध गराउन निर्देशन दिएको छ।
आइतबार एक सूचना जारी गरी मन्त्रालयले खोप लगाएको प्रमाणीकरण कार्य निःशुल्क गर्न निर्देशन दिएको हो। वैदेशिक रोजगारी एवं अन्य कामका लागि अन्तर्राष्ट्रिय यात्रा गर्नुपर्ने नागरिकका लागि सरकारले खोप लगाएको प्रमाण पत्र जारी गर्दै आएको छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, निजामति कर्मचारी अस्पताल र सशस्त्र प्रहरी अस्पतालमा खोप कार्ड प्रमाणीकरण हुने गरेको छ।
साउन ७ गतेको मन्त्रालयको सचिवस्तरीय निर्णयले खोपको प्रमाणीकरण निःशुल्क गर्ने भनिएपनि केही अस्पतालहरुले शुल्क लिइरहेको सूचनामा उल्लेख छ। अब कुनै पनि शुल्क नलिएर खोप लगाएको प्रमाणिकरण गरिदिन मन्त्रालयले निर्देशन दिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment