कोभिड युनिफाइडबाट सरुवा गरेर प्रसुती गृह पठाइए जागेश्वर

डिसी नेपाल
१८ साउन २०७८ १६:२३
500
Shares

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रा.डा. जागेश्वर गौतमलाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृतबाट सरुवा गरेको छ। स्वास्थ्य मन्त्रालयबाट उनी युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएका थिए। उनको सरुवापछि वीर अस्पताल र युनिफाइड केन्द्रीय अस्पतालबीच विवाद उत्पन्न भएको थियो।

गौतमलाई मन्त्री स्तरीय निर्णयबाट थापाथलीस्थित प्रसुती तथा स्त्री रोग अस्पतालमा गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। गौतमको स्थानमा युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृतमा ट्रमा सेन्टरका डा. मरासिनीको सरुवा भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *