लुम्बिनी प्रदेशकी सांसद विमला खत्री एमालमै फर्किइन् (विज्ञप्तिसहित)

डिसी नेपाल
१८ साउन २०७८ १७:१४

काठमाडौं। नेकपा रहँदा दाङ ३ (ख)बाट प्रत्यक्ष रुपमा लुम्बिनी प्रदेशमा निर्वाचित सांसद विमला खत्री वलीले आफू एमालेमा रहेको बताएकी छन्। नेकपा खारेज भएर एमाले र माओवादी केन्द्र ब्यूउँतिएपछि उनी माओवादीतर्फ लागेकी थिइन्।

तर, सोमबार उनले विज्ञप्ति जारी आफू एमालेमै रहेको जानकारी गराएकी हुन्। लुम्बिनी प्रदेशमा जारी राजनीतिक उटाङपटाङकाबीच उनले आफू एमालेमै रहेको बताएपछि एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकारले जीवनदान पाउने सम्भावना बढेको छ। हाल ८० सदस्यीय रहेको प्रदेशसभामा विपक्षी गठबन्धनसँग पनि अब ४० जनामात्र सांसद रहेकाले कुनै पनि पक्ष स्पष्ट बहुमतमा नहुने देखिएका हुन्।

२०७४ साल मंसिरको प्रदेशसभा निर्वाचनमा दाङ निर्वाचन क्षेत्र नम्बर ३ ख बाट उनका पति उत्तरकुमार ओली एमालेबाट निर्वाचित भएका थिए। तर पछि उनको सवारी दुर्घटनामा मृत्यु भएको थियो। त्यसपछि विमलाले नेकपाबाट चुनाव लडेर विजयी भएकी थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *