पासाङ ल्हामु वाल क्लाइम्बिङमा महिलालाई प्राथमिकता
काठमाडौं । पासाङ ल्हामु वाल क्लाइम्बिङमा महिलालाई विशेष प्राथमिकता दिइने भएको छ। संचालक माया गुरुङका अनुसार साउन १ गतेदेखि पुनः संचालनमा आएको उक्त सेन्टरमा महिलालाई छुट दिइएको छ।
महिलाको सहभागित बढ्दो क्रममा रहेको सुनाउँदै गुरुङले भनिन्, ‘समूह बनाएर महिलाहरु आउनु भयो भने विशेष छुटको पनि व्यवस्था छ। महिलालाई स्पार्टस्मा सहभागी गराउने उद्देश्य रहेको छ।’
‘अन्य क्लाइम्बिङ सेन्टर भन्दा फरक बनाएका छौं,’ संचालक गुरुङले भनिन्, ‘पुरुष, महिला, बालबालिका सबैका लागि सुविधा सम्पन्न बनाएका छौं।’
पुरुषका लागि चार सय, महिलाको लागि तीन सय ५०, विद्यार्थीको लागि तीनसय ५० र बालबालिकाका लागि तीन सय रुपैयाँ शुल्क तोकिएको उनले जानकारी दिइन्।
पछिल्लो समय महिलाहरुको सहभागित बढ्न थालेको उनको भनाइ छ। उनले शारीरिक रुपमा मात्र नभएर क्लाइम्बिङले मानसिक रुपमा पनि मानिसलाई स्वस्थ्य राख्ने गरेको बताइन्।
‘कोरोनाका कारण बच्चाहरु मोबाइलमै लाग्ने गरेका छन्,’ गुरुङले भनिन्, ‘मोबाइलको लतबाट छुटकरा दिलाउनका लागि पनि हाम्रो क्लाइम्बिङ सेन्टर उपयुक्त गन्तव्य हो। यो सबै उमेर समूहका लागि आवश्यक ठाउँ हो।’
मासिक, त्रैमासिक र चौमासिकका साथै वार्षिक शुल्क तिरेर मेम्बसिप लिने व्यवस्था पनि गरेको उनले जानकारी दिइन्।











No ads found for this position


डिसी नेपाल
Facebook Comment