प्रधान सेनापति थापा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

डिसी नेपाल
१९ साउन २०७८ १४:३९
192
Shares

काठमाडौं। नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच शिष्टाचार भेटवार्ता भएको छ। उनीहरुबीच मंगलबार सैनिक मुख्यालय जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको हो।

प्रधान सेनापति थापाको कार्यकक्षमा भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनाइएको छ।

नेपाली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘यस किसिमको नियमित भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एव्म प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *