प्रहरीको प्रि–स्याट परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको आशङ्कामा छानविन समिति गठन
काठमाडौं । नेपाल प्रहरीको शनिबार भएको प्रि–स्याट परीक्षाको प्रश्नपत्र परीक्षा अघि नै बाहिरिएको आशंकमा छानविन समिति गठन भएको छ । संयुक्त राष्ट्रसंघीय मिसन जानका लागि दिइने प्रि–स्याटको प्रश्न पत्र परीक्षा अघि नै केही प्रहरीको म्यासेन्जरमा आएको भन्दै उजुरी परेपछि प्रहरी प्रधानकार्यालयले डिआइजी वसन्त लामाको संयोजकत्वमा छानविन समिति बनाएको हो ।
नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरका डिआइजी लामो संयोजकत्वमा ६ सदस्यीय छानविन समिति बनाइएको छ । उनका अनुसार युएन शाखाबाहेकका अधिकृत सम्मेलित समिति बनाइएको र समितिले दिएको प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अघि बढ्नेछ ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार युएन शाखाकै तल्लो दर्जामा कार्यरत दुई जना कर्मचारीले प्रि–स्याट परीक्षाको प्रश्न पत्र दराजबाट चोरेका आशंका गरिएको भएपनि पुष्टि भने हुनसकेको छैन । शनिबार भएको प्रि–स्याट परीक्षाको प्रश्न पत्र बाहिरएको आशंकामा गरिएको थियो । त्यही आधारमा परीक्षा एक घन्टा ढिलो गरी सुरु भएको बताइएको छ ।
एक प्रहरी अधिकृतका अनुसार परीक्षा हुनुअघि केही प्रहरीको म्यासेन्जरमा समेत प्रश्न पत्र पुगेपछि प्रश्नपत्र बाहिरिएको आशंका गरिएको थियो । यसअघि सशस्त्र प्रहरीले सन २०१८मा लिएको परीक्षामा पनि प्रश्नपत्र बाहिरिएपछि पुनः परीक्षा लिइएको थियो ।







डिसी नेपाल








Facebook Comment