पूर्वप्रधानमन्त्री खनालको मिर्गौला प्रत्यारोपण
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको छ। खनालको निजी सचिवालयले भारतको दिल्लीस्थित एपोलो अस्पतालमा सफल मिर्गौला प्रत्यारोपण भएको जानकारी दिएको छ।
नेता खनालको बुधबार सर्जन डा सन्दीप गुलरिया नेतृत्वको चिकित्सक टोलीले सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको छ। दुवै मिर्गौला फेल भएर गम्भीर स्वास्थ्य समस्या देखिएपछि खनाल उपचारका लागि भारततर्फ गएका थिए। खनालको मिर्गौलामा समस्या भएको गत पुसमै पत्ता लागेको थियो।
तर, त्यतिबेला भने उनको स्वास्थ्यबारे जानकारी दिइएको थिएन। त्यसपछि खनाललाई कोरोनासमेत भएको थियो। काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारपछि उनलाई दिल्ली लगिएको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment