बाल्टिमोरमा राखेपका पूर्वउपाध्यक्ष तिम्सिना सम्मानित

डिसी नेपाल
२० साउन २०७८ १९:३३
876
Shares

बाल्टिमोर। अमेरिकाको बाल्टिमोरमा राष्ट्रिय खेलकुद परिषदका पूर्व उपाध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका सहसचिब पिताम्बर तिम्सिनालाई सम्मान गरिएको छ। बाल्टिमोरस्थित एभरेष्ट वर्ल्ड एकेडेमीले तिम्सिनालाई सम्मान गरेको हो।

सो अवसरमा बोल्दै सम्मानित व्यक्तित्व तिम्सिनाले वर्तमान परिस्थितिमा खेलकुद स्वास्थ, शिक्षा, अर्थ, राजनीति, कूटनीतिलगायत भएकोले अमेरिकामा बसेर खेल विधामा लागेका खेलाडीहरूले राष्ट्यि, साग , एशियन र ओलम्पिकमासमेत भाग लिन पाउने बताए । उनले तेक्वान्दो एकेडेमी स्थापना गरेर अमेरिकी र अमेरिकामा बसोबास गर्ने नेपालीलाई सेवा प्रवाह गरेकोमा सन्चालक द्वय कुमार र कल्पना कार्कीलाई धन्यवाद दिए। जापानमा भइरहेको ओलम्पिक गेममा भाग लिन जान मनोनयनमा परे पनि सहभागीको नाममा विवाद आएपछि तिम्सिना जापान गएनन्।

कार्यक्रममा समाजसेवी प्रभुराम थापा, मास्टर दिनेश श्रेष्ठ , मास्टर राजु नगरकोटी लगायतको उपस्थिति थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *