डिट्रोइट म्याराथन २०२०को अभियान अन्तर्गत सिराह र सप्तरीका विद्यालयलाई कम्प्युटर प्रदान

डिसी नेपाल
२० साउन २०७८ २०:५०

काठमाडौं। डिट्रोइट म्याराथन २०२० को अभियान, एसोसिएसन अफ नेप्लिज इन मिडवेस्ट अमेरिका (आन्मा) को सहकार्यमा सुरुगरिएको ‘सिरहा–सप्तरी कम्प्युटर ल्याब प्रोजेक्ट’ अन्तर्गत विद्यालयहरुलाई कम्प्युटर हस्तान्तरण गरिएको छ। जुलाई ३१ र अगस्ट १ मा ती सामाग्रीहरु हस्तान्तरण गरिएको हो।

यस अभियान अन्तर्गत सिराहा र सप्तरीका क्रमशः जनता माध्यमिक सुखिपुर, जनता चेथरु जितन माध्यमिक सुखिपुर र राजेन्द्र देवकी माध्यमिक कोइलाडी तिलाठीमा प्रत्येक बिद्यालयका लागि २० थान कम्प्युटर, एक थान प्रिन्टर र एक थान प्रोजेक्टर गरी ६० थान कम्प्युटर, तीन थान प्रिन्टर र तीन थान प्रोजेक्टर प्रदान गरिएको छ। सबै कम्प्युटर तथा प्रिन्टरहरुलाई नेटवर्किंगको ब्यबस्था पनि गरिएको छ।

प्रत्येक बिद्यालयमा बिद्यार्थीहरु, शिक्षकहरु, आन्मा प्रतिनिधि कुन्दन शर्मा मिश्र, स्थानीय समन्वय कर्ता ई. सुरेन्द्र कुमार साह, स्थानीय निकाय तथा बिद्यालय ब्यबस्थापन समिति का प्रतिनिधिहरु र स्थानीय जनसमूदायको उपस्थितिमा कम्प्युटर ल्याब हस्तान्तरण गरिएको छ।

तेह्रथुम जिल्लाको जलजले मा जन्म भै हाल अमेरिका को इन्डियानामा बस्दै आएका डा ओम दाहालले २०२० डिट्रोइट म्याराथन अन्तर्गत एसोसिएसन अफ नेपलिज इन मिडवेष्ट अमेरिका (आन्मा) सँगको सहकार्यमा यो अभियानको २०२० अक्टोबर मा शुरु गरेका थिए। विश्वका विभिन्न नौ वटा देशमा बसोबास गर्दै आएका नेपालीसहितका २३८ जना सहयोगीबाट प्राप्त नेपाली रकम रु १३,६९,३०० को लागतमा उक्त तीन वटा कम्प्युटर ल्याब को निर्माण सम्पन्न भएको हो। ल्याबको लागि कक्षा कोठा र फर्निचरको ब्यबस्था भने बिद्यालयहरु आफैले गरेका छन्।

बिगत पाँच वर्षदेखि हरेक वर्ष म्याराथन दौडदैं आएका दाहालले हरेक वर्ष म्याराथन मार्फत संसारको विभिन्न ठाउमा बसोबास गर्ने साथीभाई, शुभ चिन्तक र सहयोगी संघ संस्थाहरुसँग सहकार्य गरी फण्ड संकलन गरेर उक्त फण्ड मार्फत नेपालमा स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्दै आएका छन्।

सन् २०१६ मा इन्डिन्यापोलिस मोनुमेन्टल म्याराथनमार्फत तेह्रथुममा एम्बुलेन्स, सन् २०१७ मा शिकागो म्याराथन मार्फत नवलपरासीको यादव माध्यमिक बिद्यालयमा छात्रामैत्री शौचालय, सन् २०१८ को मरिन कप्र्स म्याराथन वासिङ्टन डिसीमार्फत तेह्रथुमको शंकर र जनज्योति माध्यमिक बिद्यालयहरूमा कम्प्युटर ल्याब , सन् २०१९ को न्युयोर्क म्याराथनमार्फत जाजरकोटका ४ वटा विद्यालयहरू शिबशंकर, दीपेन्द्र, भगवती र शंकर भवन माध्यमिक विद्यालयहरूमा कम्प्युटर ल्याबको व्यवस्था गरिएको दाहालले जानकारी दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *