आज पनि देशका केही स्थानमा भारी वर्षाकाे सम्भावना, सतर्क रहन आग्रह

डिसी नेपाल
२१ साउन २०७८ ६:५८

काठमाडौं । देशका विभिन्न स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दैनिक बुलेटिनमार्फत महाशाखाले सतर्क रहन समेत आग्रह गरेको छ।

महाशाखाद्वारा जारी बुलेटिनमा भनिएको छ, ‘प्रदेश १ ,बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेकोले र पहाडी भू- भूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुँदा नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’

महाशाखाले देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको जनाएको छ।

बिहीबार दिउसाे प्रदेश १ ,बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको पूर्वानुमा महाशाखाले जनाएको छ।

यस्तै आज राती पनि बागमती र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *