महाधिवेशन सुनिश्चित गर्न माग गर्दै काँग्रेस युवा नेताहरुद्वारा ज्ञापन पत्र

डिसी नेपाल
२१ साउन २०७८ १७:०५
60
Shares

काठमाडौं। नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशन तोकिएको मितिमा नहुने चिन्ता बढेपछि काँग्रेसका युवा नेताहरुले सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्।

४२ जना युवा नेताहरुले विहीबार पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिब कृष्णप्रसाद पौडेलमार्फत सभापति तथा प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएका हुन्। उनीहरुले तोकिएको मितिमा महाधिवेशन हुनुपर्ने अन्था देशव्यापी आन्दोलन गर्नेसमेत चेतावनी दिएका छन्।

युवा नेताहरु मनोजमणि आचार्य, रञ्जित कर्ण, वासकुमार पोखरेल, श्रीराम लामिछाने, दीपक भट्टराई, रिता खनाल र प्रतिमा गौतमलगायत नेताहरुले ज्ञापन पत्र बुझाएका हुन्।

आगामी भदौ १६ देखि १९ सम्म काठमाडौंमा महाधिवेशन गर्ने मिति तोकिएको छ। तर, महाधिवेशनको तयारी भने भएको छैन। भदौ २३ सम्म जसरी पनि महाधिवेशन गर्नुपर्ने बाध्यता भए पनि काँग्रेस नेतृत्व भने महाधिवेशन सार्ने विभिन्न विकल्पहरुको खोजीमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *