स्वास्थ्य राज्यमन्त्री हटाउनु पर्ने डा. केसीको माग, पुरा नभए सत्याग्रह गर्ने चेतावनी
फाइल फाेटाे
काठमाडौं । डा. गोविन्द केसीले पुनः सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन्। सरकारले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेकाे विषयमा विरोध जनाउँदै उनलाइ हटाउनु पर्ने लगायतका मागहरु राखेका छन्। उनले आफूले राखेका मागहरु पुरा नभए आगामी भदौको ३ गतेदेखि सत्याग्रह गर्ने चेतावनी दिएका हुन्।
स्वार्थको द्वन्द्व नहुने व्यक्तिलाई तत्काल स्वास्थ्यमन्त्री र राज्यमन्त्री नियुक्त गर्नु पर्ने माग राख्दै डा. केसीले निजी अस्पतालका संचालकलाई राज्यमन्त्रीबाट हटाउन माग गरेका हुन्।
‘स्वार्थको द्वन्द्व हुने गरी नियुक्त गरिएका स्वास्थ्य राज्यमन्त्रीलाई तत्काल पदमुक्त गरियोस्,’ केसीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘अब उप्रान्त व्यापारी, व्यवसायीहरुले नेता वा तिनका परिवारका सदस्यलाई करोडौं घुस ख्वाएर चोर बाटोबाट सांसद र मन्त्री हुने, सार्वजनिक संस्थाहरु डुबाउने, आफ्नो व्यवसायको हित हुने गरी कानुन बनाएर नीतिगत भ्रष्टाचार गर्ने अवस्था कहिल्यै नआउने सुनिश्चित गर्नका लागि स्वार्थको द्वन्द्वसम्बन्धी प्रष्ट कानुनी व्यवस्था गरियोस्।’
डा. केसीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा डेढ महिना बढी चलेको आन्दोलनका मागहरु पूरा गर्नु पर्ने, आफ्नो अभियानका सदस्यलाई भौतिक आक्रमणको धम्की दिने व्यक्तिलाई कानुन अनुसार कारवाही,यस अगाडि भएक सबै सम्झौताहरु कार्यान्वयन लगायतका माग राखेका छन्।







डिसी नेपाल








Facebook Comment