जापनले दिएकाे एस्ट्राजेनेका खाेपकाे पहिलाे लट नेपाल पुग्याे

डिसी नेपाल
२३ साउन २०७८ १२:०५
256
Shares

काठमाडौं । जापान सरकारले कोभ्याक्स परियोजना अन्तर्गत नेपाललाई दिएको एस्ट्राजेनेका खोपको पहिलो लट काठमाडौं पुगेको छ। कतार एयरवेजको विमानमार्फत ३ लाख भन्दा बढी जोड खोप नेपाल पुगेको हो।

जापान सरकारले नेपाललाई १६ लाख डोज खोप सहयोगस्वरुप उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो। पहिलो चरणमा शनिबार र आइतबार गरी ८ लाख डोज कोरोनाको खोप नेपाल पुग्ने छ।

दोस्रो चरणमा आउने ८ लाख खोप कहिले आउछ भन्ने कुराको निश्च्ति छैन। सरकारले आउने असोजसम्म १ तिहाइ जनसंख्यालाई खोप लगाउने योजना बनाएको छ। जसअनुसार १ करोड बढी खोप नेपाल आउने भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.