पौडेल पक्षीय जिल्ला सभापतिको भेला आज सकिँदै

डिसी नेपाल
२६ साउन २०७८ ११:०४
88
Shares

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसको संस्थापन इतर जिल्ला सभापतिहरुको आज सकिँदै छ। सोमबारदेखि भेला आज सकिँदै छ।

भदौमा हुने १४ औँ महाधिवेशनको सुनिश्चितता र समसमायिक राजनीतिका विषयमा छलफल गर्न पौडेल समूहले सोमबार आफू पक्षीय जिल्ला सभापतिको भेला बोलाएको थियो।

ठमेलस्थित बडी होटलमा जारी बैठकमा सोमबार भौतिक रुपमा ३५ र भर्चुअल ११ गरी ४६ जिल्लाका सभापतिहरुको उपस्थिति रहेको थियो। आज भने भौतिकरुपमा ३७ भर्चुअल १२ गरी ४९ जना सभापतिहरु सहभागी भएको नुवाकोट सभापति जगदिश्वरनरसिंह केसीले जानकारी दिए।

‘भदौमा जसरी पनि अधिवेशन गर्नैपर्ने संवैधानिक बाध्यता छ। त्यसकारण हाम्रो भेलाले भदौभित्र नै महाधिवेशनको सुनिश्चिचताको दबाव र सरकारलाई थप गतिशील बनाई जनभावना अनुरुप काम गर्न लगाई सफल बनाउने क्रियाशील विवादबारे समाधान गर्न नेतृत्वलाई झकझक्याउने काम गरेको छ,’केसीले भने। वरिष्ठ नेता रामचन्द्र पौडेलपनि सोमबार नै सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा असक्षम भएको भन्दै आक्रोशित बनेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *