त्रिभुवन विमानस्थलबाट सुनको बालासहित एकजना पक्राउ
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट १ सय ५० ग्राम सुनको तीन थान बालासहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको नयाँ पार्किङ एरियामा आई शंकास्पद अवस्थामा उभिएकोमा निग्रानी गर्दै जाँदा उनलाई प्रहरीले मंगलबार विहान ९ः४५ बजे पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रामेछाप रस्नालु गाविस घर भइ हाल काठमाडौं महानगरपालिका ६ कुमारीगाल बौद्ध बस्ने २५ वर्षीय सन्तोष बस्नेत रहेका छन् ।
उनले जजिरा एयरलाइन्सको उडानद्वारा साउदीबाट काठमाडौं आगमन भएका विभिन्न यात्रुहरुलाई भन्सार छली गर्न लगाइ उक्त सुन ल्याउन लाएको प्रहरीको दाबी छ ।
पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरण पठाइएको प्रहरीले जनाएको छ ।







डिसी नेपाल








Facebook Comment