विधि विपरित वितरण गरिएका क्रियाशील सदस्यता खारेज नभएसम्म महाधिवेशनमा जान सकिन्न : डा. काेइराला

डिसी नेपाल
२७ साउन २०७८ १०:३७
104
Shares

काठमाडौं।नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विधिविपरित वितरण गरिएका क्रियाशील सदस्यता खारेज नगरेसम्म महाधिवेशनगर्न नसकिने बताएका छन्।

तल्लो तहबाट विधान र प्रक्रियागत ढंगले आएका तथा छानविन समितिले मापदण्ड बनाई निर्णय गरिएकाबाहेक अन्य क्रियाशील सदस्यता खारेज गर्नुपर्ने उनको भनाइ छ। ‘केन्द्रबाट विधिविपरित थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म महाधिवेशन गर्न सकिँदैन,’ उनले भनेका छन्।

‘तल्लो तहबाट विधान र प्रक्रियागत ढंगले आएका, छानविन समितिले मापदण्ड बनाई निर्णय गरिएका बाहेक केन्द्रबाट विधि बिपरित थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म र पार्टी समायोजनका नाममा प्रकृया नपुर्याई वितरण गरिएका सदस्यता नरोकिएसम्म महाधिवेशनमा जान सकिन्न,’ उनले भनेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *