३६ वर्षमा ज्याकलिन
मुम्बई। बलिउडकी लोकप्रिय अभिनेत्री ज्याकलिन फर्नान्डिज ३६ वर्ष पुगेकी छन्। मिस युनिभर्स श्रीलंकासमेत रहनुभएकी ज्याकलिन १९८५ अगस्ट ११ मा जन्मिएकी थिइन्।
सिड्नी युनिभर्सिटीबाट मास कम्युनिकेसनको अध्ययन गरेकी उनले २००९ मा बलिउडमा डेब्यू गरेकी हुन्। ज्याकलिनले टिभी रिपोर्टरका रूपमा पनि काम गरेकी छन्।
ज्याकलिनका बुबा श्रीलंकाका थिए भने आमा मलेसियन मूलकी थिइन्। ४ भाइबहिनीमध्येकी कान्छी छोरी ज्याकलिनको पहिलेदेखि नै अभिनयप्रति झुकाव थियो। १४ वर्षको उमेरमा उनले बहराइनमा एउटा कार्यक्रमसमेत आयोजना गरेकी थिइन्।
एक अन्तर्वार्तामा उनले आफूमा सानैदेखि अभिनेत्री हुने चाहना र फिल्मस्टार हुने सोच रहेको बताएकी थिइन्। सोही कारणले उनले जोन स्कुलबाट अभिनयको प्रशिक्षणसमेत लिएकी थिइन्। सिड्नी विश्वविद्यालयबाट स्नातक सकेर टिभी रिपोर्टरका रूपमा काम थालेकी ज्याकलिनले त्यसपछि मोडलिङ थालेकी थिइन्।
२००९ मा एक मोडलिङमा कन्फम गर्न भारत छिरेकी उनले सोही समय निर्देशक सुजोय घोषको फिल्म ‘अलादीन’ का लागि अडिसनबाट छानिएकी थिइन्।







डिसी नेपाल








Facebook Comment