खोप केन्द्रसम्म जान नसक्ने नागरिकलाई घर–घरमा पुगेर खोप लगाउन सर्वोच्चको अन्तरिम आदेश

डिसी नेपाल
२९ साउन २०७८ १६:१४
84
Shares

काठमाडौं । सर्वोच्च अदालतले खोप केन्द्रसम्म जान नसक्ने जेष्ट नागरिक,अशक्त तथा अपांगता भएका र दृष्टिविहीन लगायत दीर्घरोगीहरुलाई घर घरमै गएर खोप लगाउन आदेश दिएको छ ।

न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले अशक्त,अपांग र दीर्घ रोगी तथा थला परेकाहरुको वडास्तरबाट लगत संकलन गरि घर घरमै खोप सेवा उपलब्ध गराउन आदेश जारी गरेको हो ।

अधिवक्ता प्रवेश केसीको रिटमाथि सुनुवाई गर्दै संविधानले दिएको मौलिक हक कार्यन्वयनका सन्दर्भमा अदालतले शुक्रबार यस्तो आदेश दिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.