एकैदिन ३ हजार ९१५ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु
काठमाडौं । गत २४ घण्टामा नेपालमा १८ हजार ५८२ जनाको परीक्षण गर्दा ३ हजार ९१५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा २ हजार ११८ जना निको भएर घर फर्केका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ हजार ७०८ पीसीआर परीक्षण गर्दा २ हजार ७६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ६ हजार ८८४ परीक्षण गर्दा १ हजार १५२ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।
गएको २४ घण्टामा ३५ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार शुक्रबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार २३९ पुगेको छ । हाल सक्रिय संक्रमित ३८ हजार ७९८ जना रहेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment