ओलीले जहाँ छुन्छन्, त्यहाँ ध्वस्त पार्छन् : मेटमणि चौधरी (भिडियाे)

डिसी नेपाल
३० साउन २०७८ ९:४३
756
Shares

काठमाडौं। नेकपा एमाले मानव नेपाल समूहका नेता मेटमणि चौधरीले अध्यक्ष ओलीमाथि गम्भीर आरोप लगाएका छन्। उनले ओलीले जहाँ छुन्छन्, त्यहाँ ध्वस्त पार्ने गरेको आरोप लगाएका छन्।

‘नेकपा एमालेको अध्यक्ष भए, एमाले सकियो, नेकपाको अध्यक्ष भए नेकपा सकियो, त्यसपछि माओवादीका टोपबहादुर रायमाझीलगायतका मान्छे छोए, जो आज एमालेका केन्द्रीय कमिटीमा छन्, उनीहरु फेरि माओवादी हुन पाउँ भन्दै अदालतमा मुद्दा हालिरहेका छन्,’ डिसी नेपालका अर्जुन दाहालसँग कुरा गर्दै चौधरीले भने, ‘उनले महन्थ ठाकुरलाई छोए, जसपा समाप्त भयो। शंकर पोखरेल र पीएस गुरुङलाई दायाँ बायाँ राखे दुवै सरकार समाप्त भयो। ओली प्रवृत्ति कस्तो हो भने जे चिज छोयो त्यसलाई खरानी बनाइ दिने।’

उनले फेरि खरानी बनाउनलाई खोलीलाई एमाले अध्यक्ष वा अन्य कुनै पार्टीको अध्यक्ष बनाउने कुरा संभव नभएको जिकिर गरे।
उनले ओलीकै कारण पार्टीमा समस्या आएको दाबी गर्दै माधव नेपाल समूहले एकप्रतिशत पनि गल्ती कमजोरी नगरेको जिकिर गरे।

उनले नेकपा एमालेको अध्यक्ष केपी ओली नभएकोसमेत आरोप लगाएका छन्। ओली एमाले अध्यक्ष हुन २०७५ जेठ दुईको अवस्थामा फर्किनुपर्ने तर ओली र आफूहरु त्यहाँ नफर्किएको जिकिर गरे।

उनले ओली एमाले अध्यक्ष हुन २०३ जनाको केन्द्रीय सदस्य रहनुपर्नेमा जोड दिए। ‘त्यो संख्यालाई वृद्धि गरेर उनले कहिले १२ सय, १५ सय, दुई हजारसम्म पुर्याउँछन्, जसलाई सर्वोच्चले खारेज गरिसकेको अवस्थामा ओली नेकपा एमालेको अध्यक्ष हुन सक्दैनन्, उनी ओली प्राइभेट कम्पनीको मालिमात्रै हुन्,’ उनले भने।

चौधरीले ओली तानाशाह बन्न चाहेको आरोप पनि लगाए। उनले ओलीलाई संसदीय दलको नेता र प्रधानमन्त्री बनाउन माधव नेपाल र झलनाथ खनालले प्रस्ताव र समर्थन गरेको भन्द अहिले उनीहरुलाई दोष दिनु गलत भएको बताए।

चौधरीसँग गरिएको भिडियो संवाद




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.