भिरबाट लडेर ६६ वर्षिया वृद्धको मृत्यु
सांकेतीक तस्वीर
मार्तडी। बाजुराको बडीमालिका नगरपालिका–७ जिल्लीमा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही नगरपालिका वडा नं ७ जिल्लीका ६६ वर्षीय धनकृष्ण पण्डित रहेका छन्।
आज बिहान गाउँ नजिकै रहेको घटामाण्डौँ मन्दिरमा राखिएका मौरीको हेरचाह गर्न गएका बेला चिप्लिएर करिब १०० मिटर तल सडकमा खसेर मृत्यु भएको आफन्त टङ्कराज पण्डितले जानकारी दिए।
उनले दिएको जानकारीअनुसार बिहान ७ः०० बजेतिर घरबाट निस्केर खाना खाने बेला नआएपछि खबर गर्दा मृत्यु भएको अवस्थामा फेला पारेको पण्डितले बताए। रासस
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment