माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक जारी

डिसी नेपाल
३१ साउन २०७८ ९:४८
80
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बरिसरहेकाे छ। विहान साढे ८ बजेदेखि स्थायी समिति बैठक सुरू भएकाे हाे। केन्द्रीय कमिटी बैठक बस्नु अघि स्थायी कमिटी बैठक बसेकाे हाे।

स्थायी कमिटी बैठकमा प्रचण्डले केन्द्रीय कमिटीमा पेश गरेकाे प्रतिवेदन र सरकार विस्तारका विषयमा छलफल भइरहेकाे छ। शनिबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटी बैठकमा पेश गरेको राजनीतिक तथा सांगठानिक प्रतिवेदनमाथि समूहगत छलफलका लागि केन्द्रीय सदस्यहरुको समूह बनाइएको छ।

उनीहरुले छलफलपछि आज बस्ने बैठकमा सुझावहरु पेश गर्ने बताइएकाे छ। अध्यक्ष प्रचण्डले राष्ट्रिय सम्मेलनलगायत देशव्यापी चार महिने संगठात्मक अभियानको प्रस्तावमाथि केन्द्रीय समितिमा छलफल हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *