समृद्ध नेपाल र सुखी नेपाली बनाएरै छाड्छु : प्रधानमन्त्री ओली

डिसी नेपाल
२१ साउन २०७५ १४:०२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको नारा सफल बनाएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

सोमबार काठमाडौंमा हिरोसिमा स्मृति दिवसका अबसरमा नेपाल अफ्रो एसियन जनएकता मञ्चले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपाली सरकारको परिकल्पना भएको भन्दै सफल भएरै छाड्ने बताए।

बिकासको कुरा गर्दा झुट खेती गर्दे द्धन्दको विजारोपण गर्ने प्रयास भईरहेको भन्दै यसलाई चिर्दे अघि बढ्ने जिकिर गरे। त्यस्तै प्रधानमन्त्री ओलीले तीन बर्षभित्र काठमाडौलाई सफा शहर बनाउने प्रतिवद्धता पनि व्यक्त गरे। मुलुकको बिकास र समृद्धिका लागी जस्तोसुकै चूनौतिको पनि सामना गर्ने तयार रहेको ओलीको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *