नेकपा एमाले स्थायिकमिटी र संसदीय दलकाे बैठक बस्दै

डिसी नेपाल
१ भदौ २०७८ ८:३६
176
Shares

काठमाडाैं । पछिल्लो समय तयार भएको राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न नेकपा एमाले स्थायि कमिटी र संसदीय दलको बैठक बस्दै छ। मंगलबार विहान ११ बजे स्थायि कमिटी बैठक र दिउसो ३ बजे संसदीय दलको बैठक बस्न लागेको हो।

सरकारले सोमबार राति १२ बजेदेखि लागू हुने गरी संसद अधिवेशन बन्द गरेर  दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने तयारी  भएपछि नेकपा एमालेमा तरंग उत्पन्न भएको छ। पार्टी फुटाउने अध्यादेश ल्याए एमालेको माधव नेपाल समूहलाई अलग हुन सजिलो हुने छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फूटाउने अध्यादेश अक्षम्य हुने बताएका छन्। सोमबार नै विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले एकताका लागि आह्वान समेत गरेका छन्।

अध्यक्ष ओलीको निवास बालकोटमा नेकपा एमालेका नेताहरुबीच भएको अनौपचारिक छलफलले स्थायि कमिटी बैठक र संसदीय दलको बैठक अह्वान गरेको हो। पार्टी कार्यालय तुलसीलाल स्मृति भवन ललितपुरमा ११ बजे स्थायि कमिटीको बैठक बसेपछि ३ बजे संसद भवन बानेश्वरमा संसदीय दलको बैठक बस्ने जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *