बागमती प्रदेशको प्रदेशसभा बैठक आज

डिसी नेपाल
१ भदौ २०७८ ९:२९
52
Shares

वाग्मती । बागमती प्रदेशको चालु वर्ष २०७८/७९ को नीति, कार्यक्रम तथा बजेट पास भएपछिको पहिलो प्रदेशसभा बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ। बागमती प्रदेशसभाको आठौँ अधिवेशनको २२औँ बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रदेशसभामा केही प्रदेश ऐन संशोधन गर्ने विधेयक र प्रदेशसभा नियमावली संशोधन दर्ता भएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले बताए।

यसैगरी उच्च शिक्षासम्बन्धी विधेयक र पर्यटनसम्बन्धी विधेयक यसअघि नै दर्ता भएका छन् । प्रदेशको चालु वर्षको नीति, कार्यक्रम तथा बजेट पास गरेसँगै पहिलोपटक प्रदेशसभा बैठक बस्न लागेको हो।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.