काबुलबाट आइपुगे १२७ नेपाली, वैधानिक १५ सय श्रमिक छन् अफगानिस्तामा

रिता बस्नेत
१ भदौ २०७८ ११:५५
1.8k
Shares

काठमाडौं। अफगानिस्तानस्थित अमेरिकी दूतावासमा सुरक्षा गार्डका रूपमा कार्यरत १ सय २७ जना नेपालीलाई उद्दार गरी काठमाडौं ल्याइएको छ। नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार अमेरिकाले उद्धार गरेको ती नेपालीहरु कुवेतबाट जजिरा एयरवेजको जहाजमार्फत आज(मंगलबार) बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण हुन्।

उद्दार गरिएका उनीहरूलाई सुरुमा यूएस फोर्सको जहाजबाट काबुलबाट कुवेत पु र्‍याइएकाे थियाे। र, कुबेतबाट चार्टड फ्लाइटमार्फत नेपाल ल्याइएको हो।

त्यसैगरी, व्यक्तिगत र संस्थागत रुपमा श्रम स्वीकृति लिएर करिब १५ सय नेपाली श्रमिक अफगानिस्तान पुगेका छन्।  वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले जम्मा दुई वटा म्यानपावर (एफएसआई वल्र्ड वाइड नेपाल प्रालि र युनिभर्सल कनेक्शन प्रालि)मार्फत २ सय ७९ जना श्रमिक अफगानिस्तान गएको बताए।

उनले भने, ‘अन्तिम दुई वर्षमा दुई वटा म्यानपावरमार्फत २ सय ७९ जना नेपाली संस्थागत रुपमा अफगानिस्तान गएको देखियो त्योभन्दा बाहेक १२ सय जना जति चाहीँ व्यक्तिगत श्रम स्वीकृति लिएर गएका छन् ।’

उद्धारमा विभागको भन्दा पनि परराष्ट्रको महत्वपूर्ण भूमिका भएको बताउँदै महानिर्देशक दवाडीले भने, ‘उहाँ(म्यानपावर)हरुले पहिला पठाएको सबै गरेर करिब ३ सय ३७ जना  कतार आइसके अरु बाँकी अफगानिस्ताको कन्धार एयरपोर्टमा ४ सय ३७ जना वटिङ्ग लिष्टमा हुनुहुन्छ भन्ने कुरा हिजो(सोमबार)सम्मको खबर थियो।’

अफगानिस्तानमा अवैधानिक नेपाली कामदारहरु पनि धेरै हुनसक्ने भन्दै महानिर्देशक दवाडीले भने, ‘ अवैधानिक नेपाली कामदार त्यहाँ हुन सक्छन । हामी कहाँबाट दुबई, कतार, इण्डिया आदि जाने र त्यहाँबाट अर्को माध्यम प्रयोग गरेर अफगानिस्तान जानु भएकाहरु हुन सक्छन्, त्यो अभिलेख हामीसँग हुँदैन।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *